Incident Reports

थरुहटद्वारा बन्द फिर्ता

2015-10-10

Sudurpashchim, Kailali, Dhangadhi

थरुहट/थारुवान आन्दोलनरत पक्षले दशैंलाई मध्यनजर गर्दै केहि दिनका लागि कैलालीको बजार तथा यातायात बन्द फिर्ता लिएको छ । धनगढीमा आन्दोलनरत पक्षले शनिवार पत्रकार सम्मेलन मार्फत नेपालीहरुको महान पर्व दशैंलाई मध्यनजर गर्दै जिल्लाभित्र सञ्चालित सवारी साधन र बजार खुला गरिएको बताए । यहाँबाट लामो दुरीका लागि सञ्चालन हुने बस तथा मालबाहक ढुवानीका साधनलाई भने चल्न नदिने उनीहरुले बताए । त्यसैगरि कार्तिक १५ सम्मका लागि आन्दोलनका कार्यक्रमको स्वरुप परिर्वतन गरिएको उनीहरुले बताएका छन । दशैं तिहारको अवधिमा सरकारी, गैरसरकारी र सार्वजनिक स्थलमा थारु स्वायत्त प्रदेशको भित्ते लेखन गर्ने, कालो झण्डा गाडेर अन्नबाली स्याहार्ने, बिरोध स्वरुप दशैंलाई कालो मान्ने र जनजागरण अभियान जस्ता कार्यक्रम सञ्चालन गरिनें बताए । पत्रकार सम्मेलनमा थरुहट संघर्ष समितिका प्रवक्ता माधव चौधरी र काग्रेसका जिल्ला सचिव खेम चौधरी लगायतका नेताहरुको उपस्थिती थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis