Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै विद्यालयमा तोडफोड

2015-10-11

स्कूल, साइन्टीफिक स्कूल र न्यु फिजन स्कूलमा तोडफेाड तथा ढुङ्गामुढा गरेका छन् । साउथ पोवाइन्ट स्कूलको जस्तापता भएको गेट तोडफोड गरेको छ भने ज १ क २९८ नम्बरको स्कूल बसको पछाडिको शिशा फुटाएको साउथ पोवाइन्टका शिक्षक सञ्जोग कर्णले बताए । बन्द रहेको अवस्थामा स्कूलमा तोडफोड गरिएको शिक्षक कर्णले जानकारी दिए । शान्तिपूर्णरूपमा बन्द गराएकोले विद्यालयहरूमा तोडफोड नगरिएको र अफवाह फैलाएको मधेस समाजवादी विद्यार्थी फ्रन्टका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र झाले बताए । आन्दोलनलाई बदनाम गराउन हल्ला फिँजाएको झाले जानकारी दिए । विद्यालयहरू सञ्चालनमा नरहे पनि कक्षा नौँ र १० का विद्यार्थीहरूलाई बिना पोसाकमा आएका विद्यार्थीहरूलाई पढाउँदै आएको छ । सोही सूचनाको आधारमा समाजवादी विद्यार्थी प|mन्टका विद्यार्थीहरूले विद्यालयहरूलाई बन्द गराएको समाजवादी विद्यार्थी फ्रन्टका अध्यक्ष झाले बताए । विद्यालयहरूमा तोडफोड गर्न नहुने कार्य केही विद्यार्थीहरूले गरेको सूचना पाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक एवं तमलोपका जिल्ला अध्यक्ष परमेश्वर साहले बताए । विद्यालयहरूमा तोडफोड लगायतका गतिविधि नगर्न मोर्चाले सबैलाई अनुरोध गरेको अध्यक्ष साहले जानकारी दिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको कारण ५९ औँ दिनदेखि विद्यालयहरू बन्द रहेको छ । विद्यालय बन्दले विद्यार्थीहरूको पठनपाठन पूर्णरुपमा ठप्प रहेको छ । यो वर्ष ४५ दिन मात्र विद्यालयहरू सञ्चालन भएका छन् । यस वर्ष विद्यार्थीको भविष्य चौपट हुने निश्चित छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis