Incident Reports

हतियारसहित महिला पक्राउ

2015-10-16

Province 1, Taplejung, Phaktanglung, Ward 4

प्रहरीले ताप्लेजुङको दुर्गम गाउँबाट हतियारसहित एक महिलालाई पक्राउ गरेको छ । सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको इखावु गाउँ विकास समितिको जोरपानी चौरी खर्कमा गोठ बनाएर विष्फोटक पदार्थसहित बसेको समूह रहेको आशंकामा प्रहरीले छापा मारेको थियो । समूहमा रहेका अरु भागेपनि एक महिलालाई समाएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । उनको नाम भने गोप्य राखिएको छ । गोठबाट चार वटा भरुवा बन्दुक, बम, बम बनाउन प्रयोग गरिने बिष्पोटक पदार्थलगायतको सामान प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा एकसाता अघिमात्रै पनि प्रहरीले अपराधिहरु बसेको आसंकामा छापा मारेको थियो । गोठमा विभिन्न संगठनका नाममा पर्चा पम्प्लेटहरु मात्रै भेटेको थियो । गतवर्ष जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मोरङको पथरी प्रहरी कार्यालयमा बम बिस्फोट गराउने समूहका नाइके हाराहाङ लिम्वुको समूह भएको आशंका प्रहरीको छ ।

0 Comments