Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै धान उद्योगमा तोडफोड तथा लुटपाट, ट्रकमा आगजनी

2015-10-17

Madhes, Parsa, Bindabasini

बीरगञ्ज पोखरीया सडकखण्ड अन्तर्गत पर्साको बहुअर्वाभाठा गाविस-७ मा रहेको श्री गणेश खाद्य उद्योगमा असोज ३० गते एक समूहले तोडफोड गर्दै धान लुटेर लगेको छ । मधेस बन्दको अवज्ञा गर्दै उद्योग सञ्चालन गर्नुका साथै रातीको समयमा ट्रकमा चामल ओसोरेको भन्दै करिब दुई सय जनाको सङ्ख्यामा रहेका स्थानीयवासीको समूहले उद्योगको मुल गेटमा तोडफोड गर्दै गोदाममा रहेको करिव १ सय ५० बोरा धान लुटेर लगेका उद्योगका कर्मचारी जाकीर हुसेनले बताए । उद्योगमा रहेको ना १६ प ७२३४ नम्बरको मोटरसाइकल, जेनरेटर, चामल कुट्ने मेसिन, फर्निचर लगायतको समानमा पनि तोडफोड गरेको हुसनेले बताए । तोडफोड र लुटपाटका कारण उद्योगलाई झण्डै एक लाख रुपियाँ बराबरको क्षति भएको हुसेनले बताए । उद्योगमा तोडफोड र लुटपाट भएको खबर पाएर घटनास्थलमा पुगेको प्रहरी र स्थानीयवासीबीच झडप पनि भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै १९ राउण्ड गोली समेत फायर गरेको थियो । लुटेराहरूले लुटेर लगेको धान नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै तर्फबाट गरी १९ राउण्ड हवाइफायर गर्नु परेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । प्रहरी घटनास्थलमा समयमै पुगेकाले उद्योगमा ठूलो क्षति हुन नपाएको उनले बताए । प्रहरी पुग्नु भन्दा पहिले लुटेराहरूले २०/३० बोरा मात्र धान लुटेर फरार भएपनि अरु धान प्रहरीले खोसेर उद्योगमा राखिदिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता बीरगञ्जको आदर्शनगरमा आज दिउँसो एक समूहले एउटा मालवाहक ट्रकमा आगजनी गरेको छ । आदर्शनगरस्थित मनिष ट्रेर्डसको गोदाम अगाडी सुपारी लोड गरी राखिएको ना ४ ख ६३५ नम्बरको ट्रकमा आगजनी गरिएको हो । १०/१२ जनाको सङ्ख्यामा आएका अपरचित युवकहरूको समूहले ट्रकमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर ध्वस्त भए पनि ट्रकमा रहेको सुपारीमा भने क्षति पुगेको छैन । ट्रकमा लगाइएको आगो बीरगञ्ज उपमहानगरपालिका कार्यालयको वारुण यन्त्रको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Group Clash
Weapons Small arms , Other
Primary Cause Robbery/burglary/violent theft
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Group of civilians (only Target)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Private company Police
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments