Incident Reports

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

2015-10-18

Bagmati, Chitawan, Bharatpur, Ward 10

उपचारका क्रममा एक वृद्धाको मृत्यु भएपछि आक्रोसित समूहले भरतपुरको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा आज तोडफोड गरेको छ । तोडफोडबाट अस्पतालको टिकट काउन्टरको सिसा र फार्मेसीको सिसा फुटेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चार दिन अगाडि मिर्गाैलामा समस्या देखिएर भरतपुर उपमहानगरपालिका–१० निवासी ८६ वर्षीया चन्द्रकला सापकोटालाई अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा सापकोटाको आज दिउँसो मृत्यु भएपछि आफन्तसहितको आक्रोसित भीडले अस्पतालमा तोडफोड गरेको हो । अस्पताल तोडफोड गरेको भन्दै प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । आफन्तले शव उठाउन मानेका छैनन् । अस्पतालका प्रबन्ध निर्देशक पुष्पराज शर्मा धितालले अस्पतालको कमजोरी नभई हृदयघातका कारण बिरामीको मृत्यु भएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments