Incident Reports

सिक्सर पेस्तोलसहित तीन पक्राउ

2015-10-25

Madhes, Siraha, Siraha, Ward 1

RSS सिरहा प्रहरीले शुक्रबार राती सिरहा नगरपालिकाबाट एकथान सिक्सर पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–८ बस्ने वर्ष १८ को अफरोज राईन, सोही नगरपालिका–७ बस्ने वर्ष १७ को सन्तोष मुखिया र सोही उमेरका राम यादव रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीले उनीहरुलाई सिरहा नगरपालिका–१ स्थित दुर्गा मन्दिर अगाडिबाट गरेको हो । रातको समयमा तीन जना सवार मोटरसाइल चेकजाँच गर्नेक्रममा राईनको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको थियो। प्रहरीले उनीहरु सवार रहेका स. २ प २२३३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
National/Online Media

0 Comments