Incident Reports

ताप्लेजुङमा सशस्त्र समुह र प्रहरीबीच दोहरो फायरिङ

2015-10-28

Province 1, Taplejung, Phaktanglung, Ward 4

सशस्त्र समुहमाथि कारवाही अभियान तिब्र बनाएको प्रहरी र सशस्त्र समूहबीच मंगलवार दिउसो दोहरो फायरिङ भएको छ । सदरमुकाम फुङलिङवाट डेढ दिनको पैदलमा रहेको इखावु गाविसको सिजुवा भन्ने स्थानमा दोहोरो फायरिङ भएको प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाका अनुसार सो क्रममा मोरङको पथरी घर बताउने ३५ वर्षीय कुमार लिम्वु भरुवा बन्दुक सहित पक्राउ परेका छन् । सशस्त्र समुहको खोजिमा रहेको प्रहरीमाथि दिउसो ३: ३० बजे फायरिङ भएको र प्रहरीले जवाफी फायरिङ गरेको कोइरालाले बताए । त्यसपछि खोजतलासको क्रममा ओडारमा लुकिबसेका कुमार पक्राउ परेको प्रहरी दावी छ । उक्त स्थानबाट एक थान खुकुरी खाद्यान्न लगायतका सामग्रीपनि प्रहरीले बरामद गरेको छ । यसअघि खेजेनिम घर भएका हर्क आङबोहाङ लिम्वु र सान्थाक्रा घर भएकी मनकुमारी लिम्वु सोही स्थानवाट पक्राउ परेका छन् । किँरात मुलवासी स्वतन्त्र लिम्वुवानका नाममा सशस्त्र गतिविधि गर्दै आएको समुहमाथी प्रहरीले दसैं अगाडि देखिनै कारवाही अभियान सुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause State vs non-state armed group
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Limbhuvan/Khombuwan Armed Groups
Actor 2 - Youth na
National/Online Media

0 Comments