Incident Reports

१९ सय लिटर पेट्रोलसहित ७ जना पक्राउ

2015-10-28

Bagmati, Kathmandu, Nagarjun, Ward 10

पेट्रोलियम पदार्थको चरम अभाव भइरहेको अवस्थामा १९ सय लिटर पेट्रोल कालोबजारी गरिरहेका ७ जनासहित बा१ज ६९६८ नम्बरको ट्याक्सीलाई अपराध महाशाखा, टेकुको टोलीले कलंकीबाट नियन्त्रणमा लिएको छ । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार कपिल बुढाथोकीको घरको टहराबाट ३ वटा ड्रम र जर्किनहरु लुकाइ कालोबजारी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 'बजारमा इन्धन अभाव भएको बेला, लुकाइछिपाई कालोबजारी भइरहेको गुनासो धेरै आएकोले हामीले त्यसलाई नियन्त्रण गर्न टोली परिचालन गरेका हौं,’ उनले भने, ‘यो ठूलो सफलता हो । हामी यसलाई निरन्तरता दिन्छौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments