Incident Reports

बहुविवाह गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

2015-10-29

Province 1, Morang, Katahari

 भौडाहा गाविस-४ का ३० वर्षीय चन्दु सरदारले बहुविवाह गरेको भन्दै उनकी जेठी पत्नीले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १२ गते उजुरी दिएकी छन् । जेठी पत्नी २५ वर्षीया सोनावतीदेवी सरदारले प्रहरीमा दिएको उजुरीमा पति चन्दुले गत कात्तिक २ गते तेतरिया गाविसकी २६ वर्षीया रम्भा ऋषिदेवसँग बहुविवाह गरी अन्याय गरेकोले प्रहरीमा उजुरी दिनु परेको बताइन् । उनका अनुसार पति चन्दु र रम्भा मिलेर कात्तिक ११ गते राति कुटपिट गरी बायाँ हात भाँचिदिएको तथा मार्नेसमेत धम्की दिएको बताइन् । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरी घटनाको आरोपितलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनायो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रमोद खरेलले बताए । सुकदेब चौधरी

0 Comments