Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-10-17

Lumbini, Dang, Ghorahi

१५ वर्षीया एक बालिकालाई कात्तिक १ गते सामूहिक बलात्कार गरेको आरोपमा कात्तिक १५ गते घोराही नपा-५ अम्बापुरका १५ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरको छ । बालिकालाई कात्तिक १ गते राति विकलगायत चार जनाको समूहले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा जाहेरी दिएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले विकलाई घरबाट गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर बद्रि ढकालले बताए । घटनाका अन्य आरोपित घोराही नपा-५ का २१ वर्षीय अनुप पुरी, १८ वर्षीय गिरीराज विक र १७ वर्षीय बालक फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पीडितको कात्तिक २ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । जे.एन.सागर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments