Incident Reports

वहुविवाह घटनाका आरोपित गिरफ्तार

2015-11-03

Lumbini, Arghakhanchi, Malarani

अर्घातोष गाविस-६ का ३१ वर्षीय भुवन आचार्यलाई कात्तिक १५ गते वहुविवाहको आरोपमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरेको छ । जेठी पत्नी २९ वर्षीया सीता आचार्यले पति भुवन आचार्यले अर्घातोष गाविसकै १९ वर्षीया सपना आचार्यसँग एक वर्षअगाडि भारतमा लगेर दोस्रो विवाह गरी आफूलाई हेला गरेको भन्दै कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दिएकी थिइन् । दुई छोराकी आमासमेत रहेकी सीताले गत वर्ष बहुविवाह गरी भारत गएका पति दशैँ मनाउनका लागि घर आएको समयमा बहुविवाहको उजुरी दिएको बताइन् । उजुरीका आधारमा आरोपित दुवैजनालाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर युवराज तिमिल्सिनाले जानकारी दिए । नारायण भुसाल

0 Comments