Incident Reports

पतिको कुटपिटबाट घाइते पीडितलाई थप उपचारका लागि काठमाडौँ लगियो

2015-11-03

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 9

सन्धिखर्क नपा-२ की २४ वर्षीया सम्झना खड्कालाई पति २८ वर्षीय वावु खडकाले कात्तिक १७ गते कुटपिट गरी घाइते बनाएका छन् । घरायसी विवादका क्रममा पतिले ढुङ्गा प्रहार गर्दा पीडित भएपछि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । पीडितका आफन्तले आरोपितविरुद्ध कात्तिक १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित सम्झनाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकोले जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि स्थिति जटिल भएको भन्दै थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि आरोपित पति फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर युवराज तिमिल्सिनाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments