Incident Reports

सरोकारवालाहरुद्वारा मधेस आन्दोलनले उत्पन्न गरेको समस्याको चाडो हल गर्न माग गर्दै र्याली आयोजना

2015-11-04

Bagmati, Kathmandu, Kathmandu

तराईमा भएको राजनीतिक अशान्तिको समाधान खोज्न सरकारलाई आग्रह गर्दै विभिन्न क्षेत्रका व्यक्तिहरूले बुधबार राजधानीमा एउटा जुलुस निकाले। अधिवक्ता सुबिन मुल्मीले भने "हामी तराईमा राजनीतिक अराजकताको परिणामस्वरूप जनताले भोगिरहेको कठिनाइको एक निर्णायक अन्त चाहन्छौं" । स्टेकहोल्डर्स फर हार्मोनिजले आयोजना गरेको जुलुसमा अभिनेता सन्तोष पन्त र बसुन्धरा भुसाल, गायक योगेश्वर अमात्य, अधिकारकर्मी अनुराधा कोइराला, नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका अध्यक्ष पशुपति मुरारका, नागरिक समाजका नेता दमननाथ ढुंगानालगायत अन्य उपस्थित थिए। । उक्त समूहले जारी गरेको विज्ञप्तिमा सरकार र आन्दोलनकारी मधेसी दुबै दुबैलाई राजनीतिक गतिरोधका कारण जनताले भोग्नु परेको कठिनाइलाई ध्यानमा राखी वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ। यसैबीच, ठमेलकोयुवा क्लबले भारतले अघोषित सीमा नाकाबन्दीको बिरूद्ध लैन्चौरचौरमा भारतीय दूतावासबाहिर धर्ना प्रदर्शन गर्यो। करिब १५०० युवाहरू बिहान दूतावास परिसर बाहिर जम्मा भए र चाँडो भन्दा चाँडो नाकाबन्दी फिर्ता लिन भारतीय अधिकारीहरूलाई आग्रह गरे। उनीहरूले नेपाल सरकारसँग भारत सरकारसँग राम्रो सम्बन्ध कायम राख्न आग्रह गरे। क्लबका अध्यक्ष जाफर हुसेनले भने कि सीमा नाकाबन्दीको समस्या समाधान गर्न नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments