Incident Reports

यूएनएचआरसीमा मोर्चाको ध्यानाकर्षण

2015-11-05

Bagmati, Kathmandu, Ward 10

मधेसमा अढाई महिनादेखि जारी आन्दोलन र त्यहाँ सरकार पक्षबाट गरिएको व्यवहारबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेता संयुक्त राष्ट्र संघको मानव अधिकार उच्च आयुक्तको कार्यालय (यूएनएचआरसी) जेनेभा पुगेका छन् । जेनेभामा मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपीआर) जारी रहेका बेला मोर्चाका नेता देवेन्द्र यादवले विभिन्न देशका प्रतिनिधिसँग मधेसबारे ‘लबिङ’ गरेका छन् । मानवअधिकार उच्च आयुक्तको कार्यालय अगाडि उनले नेपालको संविधान विभेदकारी रहेको र मधेसमा सरकारको तर्फबाट विश्वव्यापी मानव अधिकारको मान्यता विपरीत बल प्रयोग गरी आन्दोलनकारीको हत्या गरिएको भन्दै उनले विरोध जनाएका छन् । यादव सद्भावना पार्टीका सहमहासचिव हुन् । पार्टी महासचिव मनीषकुमार सुमनले यादव विश्व जगत्लाई मधेसमा भइरहेको सरकारी दमनबारे जानकारी दिन जेनेभा गएको बताए । युपीआरमा यादवबाहेक अधिवक्ता दीपेन्द्र झा पनि पुगेका छन् । उनले पनि मधेसमा मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhesi/Plains caste groups , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments