Incident Reports

भारतको नाकावन्दीविरुद्ध राष्ट्रसंघ भवन अगाडि प्रदर्शन

2015-11-05

Bagmati, Kathmandu, Kathmandu

भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्वीट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि नेपालीहरुले विरोध प्रदर्शन गर्दैछन् । विरोध प्रदर्शन कार्यक्रम दिनको २ः३० बजे सुरु हुनेछ । संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी बैठकमा भाग लिन नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा स्वीटजरल्याण्ड पुगेकाबेला नेपालीहरुले भारतविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । भारतीय दूतावासमा ज्ञापनपत्र भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्वीटजरल्याण्डको राजधानी बेर्नमा समेत नेपाली समुदायले प्रदर्शन गरेका छन् । ऐक्यवद्धता मञ्च स्वीटजरल्याण्ड, नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड र प्रवासी नेपाली मञ्च स्वीटजरल्याण्डले संयुक्तरुपमा विरोध प्रदर्शन गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । स्वीटजरल्याण्डबासी नेपालीहरुले बुझाएको ज्ञापनपत्रमा नाकाबन्दी अन्तराष्ट्रिय कानुन विपरीत भएको भन्दै तत्काल खुलाउन माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments