Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2015-11-05

Madhes, Siraha, Dhangadhimai, Ward 6

बहुविवाहका आरोपित धनगढी नगरपालिका-२ का ३५ वर्षीय इन्द्रनारायण साहलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित ३० वर्षीया जलेश्वरीदेवी साहले उनका पतिले १९ वर्षीया सन्जुदेवी साहसँग कात्तिक १ गते बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा कात्तिक १५ जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर चन्द्र राजवंशीका अनुसार आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया थालिएको छ ।

0 Comments