Incident Reports

अज्ञात समूहद्वारा भ्यानमा आगजनी

2015-11-07

Province 1, Morang, Budhiganga, Ward 5

हात्तीमुढा गाविस ९ स्थित भित्री सडक खण्डमा कात्तिक २० गते राती अज्ञात समूहले कुखुराको दाना बोकेको पिकअप भेनमा आगजनी गरी क्षति पुर्‍याएको हो । टंकिसिनुबारीबाट कुखुराको दाना लिएर इटहरीतर्फजाँदै गरेको को १ च ७९७३ नम्बरको पिकअपमा अज्ञात चार जनाको समूहले रोकेर पेट्रोल छर्की आगजनी गरेका प्रहरीले जनाएको छ । आगजनीबाट पिकअप भेन आंशिक रुपमा जलेको छ भने घटनास्थलमा इलाका प्रहरी कार्यालय निमुवाबाट गएको प्रहरी टोलीले आगो नियन्त्रण गरिएको थियो । दुहबीतिरबाट मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरी फरार भएकाले उनीहरूको पहिचान तथा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी तारणीप्रसाद लम्सालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments