Incident Reports

एउटा पेस्तोलसहित तीन जना गाँजा तस्कर पक्राउ

2015-11-09

Madhes, Siraha, Lahan

एउटा पेस्तोल र एक सय ८० किलो गाँजासहित सिरहामा तीन जना पक्राउ परेका छन् । तरेगना गोविन्दपुर–५ बाट एउटा अमेरिकी पेस्तोल र गाँजासहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा उदयपुर भलायोडाडाँ–३ का ४६ वर्षका मदन मगर, १८ वर्षका राजकुमार विश्वकर्मा र तरेगना सिरहाको गोविन्दपुर–८ का गणेश चौधरीलाई पेस्तोल र गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । प्रहरीले मदन मगरको साथबाट युएस लेखिएको अमेरीकी पेस्तोल र त्यसमा लाग्ने दुई वटा गोली समेत बरामद गरेको जनाएको छ । तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
National/Online Media

0 Comments