Incident Reports

बिस्फोटबाट सेनाको मृत्यु

2015-11-11

Lumbini, Dang, Lamahi, Ward 3

माछा मार्ने क्रममा बिस्फोटक पदार्थ पड्किँदा बिहीबार दाङको लमहीमा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ । लमही नगरपालीका वडा-११ कोलही नजिकको राप्ती नदीमा माछा मार्ने क्रममा बिस्फोटक पदार्थ पड्किँदा सोही ठाउँ निवासी ३१ वर्षीय मंगलप्रसाद चौधरीको मृत्यु भएको हो । नेपाली सेनाको कालीदल गण सुर्खेतमा कार्यरत चौधरी बिदामा घर आएको बेला माछा मार्न राप्ती नदी गएका थिए । बिस्फोटबाट चौधरीको घट्नास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको शाहीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Improvised explosive device (IED)
Primary Cause Others
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments