Incident Reports

स्वास्थ्य चौकी र मेडिकलमा तोडफोड

2015-11-13

Karnali, Dailekh, Mahabu

शुक्रवार राती बाँसी स्वास्थ्य चौकी र स्थानीय मेडिकलमा एक समूहले तोडफोड गरी क्षती पुर्याएका छन् । बाँसी गाविसकै धुव्र बुढाको नेतृत्वमा आएको १० जनाको समूहले तोडफोड गरी क्षती पुर्याएको स्थानीयले बताए। राती ९ बजेतिर भिरबाट लडेको घाईतेलाई उपचारका लागि खोलेको स्वास्थ्य चौकीमा एक्कासी प्रवेश गरेका यूवाहरुले चौकीका ३ कोठामा तोडफोड गरेको अनमी सुचिता घर्तीमगरले बताईन् । अनमी घर्तीमगर घाईतको उपचारका लागि स्वास्थ्य चौकीमा आएकी थिईन् । उपचार कक्षमै आई अनमीलाई धकेलेर बाहिर निकालेर तोडफोड गरेको स्वास्थ्य चौकीका इन्चार्ज रमेश दशैदीले बताए । स्वास्थ्य चौकीसंगै रहेको मेडिकलमा समेत उक्त समूहले तोडफोड गरेको दशौदीले बताए । तोडफोडबाट धेरै क्षती भएकाले क्षतिको विवरण आईनसकेको दंशौदीको भनाई छ । तत्काल गैडाबाँज प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनामा संलग्नमध्ये ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनोज बुढा, हिदय शाही र रमेश बुढा रहेको दैलेख प्रहरी प्रवक्ता पुष्कर चन्दले बताए । गैडाबाज प्रहरी चौकीबाट गएका प्रहरीले राती नै ३ जनालाई पक्राउ गरेका हुन् । 'समूह नै बनाएर स्वास्थ्य चौकी र मेडिकलमा तोडफोड गरेको खवर पाएलगत्तै प्रहरी परिचालन गरेका छौ ।' दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर वलीले भने, स्थानीयको सहयोगमा तोडफोडमा संलग्न फरारहरुको खोजी भैरहेको छ ।' तोडफोडको नेतृत्व गर्ने धुव्र बुढा सहित अन्यको फरार भएकाले खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments