Incident Reports

नाकाबन्दीविरूद्ध राष्ट्रसंघ कार्यालय अगाडि विशाल प्रदर्शन

2015-11-17

Bagmati, Kathmandu, Kathmandu

भारतीय नाकाबन्दीको विरोधमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय अगाडि नेपालीहरुले विशाल प्रदर्शन गरेका छन्। गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा भएको प्रदर्शनमा भारतीहरु समेत सहभागी भए। भारत सरकारले नेपालमाथि गरेको व्यवहार अमानवीय र अन्तरार्ष्ट्रिय सन्धिविरूद्ध भएको भन्दै अमेरिकामा रहेका भारतीय शिख समुदायले नेपालीको प्रदर्शनमा साथ दिएका हुन्। 'भारत मानवीय बन', 'भारत नाकाबन्दी बन्द गर', 'दक्षिणी छिमेकी नेपाललाई नपेल' जस्ता नारा लगाउँदै प्रदर्शन गरेका नेपालीहरुले राष्ट्रसंघ महासचिब बान्की मुनलाई ज्ञापन(पत्र बुझाएका छ । ज्ञापनपत्र पत्रमा अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी तत्काल समाधान गर्न आग्रह गरिएको छ। न्युयोर्क प्रदर्शनका क्रममा एनआरएन अमेरिकाका अध्यक्ष केसव पौडेलले सो ज्ञापनपत्र पढेर सुनाएका थिए। एनआरएनको पहलमा भएको प्रदर्शनमा अमेरिकामा रहेका दर्जनैं नेपाली समुदायका संघसंस्था संघ तथा संस्थाका प्रतिनिधि सहभागी भएका थिए। हाल अमेरिकाको भ्रमणमा रहेका नेपालका चर्चित गायक राम कृष्ण ढकाल तथा प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले नाकाबन्दीको बिरुद्धमा समर्थन जनाउदै राष्ट्रिय गीत गएका थिए। भारतले गरेको अघोषित नाकाबन्दीको समर्थन जनाउन अमेरिकामा रहेका अमेरिकन सिख समुदायले पनि बिरोध कार्यक्रममा सहभागी जनाएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments