Incident Reports

महोत्तरीमा पेस्तोलसहित युवक पक्राउ

2015-11-18

Madhes, Mahottari, Jaleswor

महोत्तरी प्रहरीले नेपाल–भारत सीमा नजिकबाट इटालियन पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका–१ बस्ने २५ वर्षीय सुभाष यादवलाई रातु नदीको बाँधबाट गएराति पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए । यादवको साथबाट प्रहरीले इटालियन १११ अटोमेटिक पेस्तोल एक थान, त्यसमा लोड भएको म्याग्जिनमा केएफ ७.६५ लेखिएको एक राउण्ड गोली र एक थान मोबाइल सेट बरामद भएको उनले जानकारी दिए । यादवलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
National/Online Media

0 Comments