Incident Reports

मोरङ र सुनसरी नटुक्र्याउन माग गर्दै खबरदारी जुलुस

2015-11-19

Province 1, Morang, Biratnagar, Ward 5

सुनसरी र मोरङलाई एक नम्बर प्रदेशमै राख्न र नटुक्र्याउन माग गर्दै विराटनगरमा खबरदारी जुलुस निकालिएको छ । बृह्त नागरिक सामाजले निकाालिएको जुलुसले नगरको परिक्रमा गरेको थियो । जुलुसमा सहभागी भएकाहरुले जिल्ला टुक्र्याउन पाइँदैन, सामाजिक सद्भाव कायम राखौं, एक नम्बर प्रदेश कायम गर जस्ता नारा लगाएका थिए । मधेसवादी दलको माग पूरा गराउन मोरङ र सुनसरीका दक्षिणी भाग काटेर २ नम्बर प्रदेशमा मिसाउने तयारी भएको जनाउँदै नागरिक समाजले जनभाव बुझेर मात्र निर्णय गर्न खबरदारी गरिएको जनाएको छ । जिल्लालाई टुक्रा पार्दा अहिलेको भौगोलिक अवस्थिति, सांस्कृति पहिचान र अस्तित्वमै संकट आउने भन्दै विराटनगरसहितको भू–भागलाई अन्य प्रदेशमा नगाभ्न चेतावनी दिइएको हो । यस विषयमा विराटनगरमा बृहत छलफलसमेत चलाइएको थियो । जुलसमा सहभागी पुनरावदेन बार विराटनगरका अध्यक्ष लीलाबल्लभ अधिकारीले जनभाव बुझेरमात्र जिल्ला टुक्रा पार्न सरकारलाई खबरदारी गरिएको बताए । उनले भने,‘दलको भागबन्डाका लागि जनताको भावनासँग खेलबाड गर्न पाइँदैन् ।’ नेपाल बुद्धिजीवी परिषद मोरङका अध्यक्ष टिकाराम पुरीले दक्षिणी भेगलाई कुनै अर्को प्रदेशमा लगेर मिसाउनु पर्ने कुनै कारण नभएको बताउँदै भने,‘जर्बजस्ती भए हामी कडा संघर्ष गर्छौै ।’ युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले प्रदेश नम्बर १ कायम भई सकेको अवस्थामा फेरि बखेडा झिके त्यो आफूहरुलाई मान्य नहुने बताए । महेन्द्र चौकबाट निस्किएको जुलुसले मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । समाजले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएर जिल्ला टुक्रा नपार्न खबरदारी गरेको छ । पत्रमा जनताको भावना र इच्छा बुझेरमात्र निर्णय लिन भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis