Incident Reports

सर्लाहीमा चुरेभावरको शक्ति प्रदर्शन

2015-11-14

Madhes, Sarlahi, Hariwan

 चुरेभावर राष्ट्रिय पार्टीले विगतमा सरकारसँग भएको नौ बुदे सम्झौता कार्यान्वयनको माग गर्दै सर्लाहीको हरिवनमा शक्ति प्रदर्शन गरेका छन्। चार बुँदे माग राख्दै पहिलो चरण अन्तर्गतकाे दबाब मुलक कार्यक्रम अन्र्तगत हरिवनमा प्रदर्शन गरिएको चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्री न्यौपानेले बताए। चुरे भावरले पार्टीले चुरे भावर प्रदेश कायम गर, राष्ट्रिय अखण्डता र सार्वभौम अक्षुण कायम राख, जातीय सदभाव कायम गर र भारतको नाकान्दी अन्त्य गर सहितका माग राख्दै आन्दोलन थालिएको न्यौपानेले बताए । 'माग पुरा गराउन पार्टीले शान्तिपुर्ण रुपमा पहिलो चरणको आन्दोलन शान्तिपुर्ण रुपमा हुन्छ,' अध्यक्ष न्यौपानेले भने,'माग पुरा नभए भावर प्रदेश कायम गर्न दोश्रो चरणको आन्दोल सशक्त बनाउने छाैं।' आन्दोलनको क्रममा साम्प्रदायिक सदभाव कायम राख्न पार्टीले पहिलो प्राथमिकतामा रहेको उनले बताए। पुर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवनमा शनिबार चार बुदे माग राख्दै प्रदर्शन गरेको हो । पाटीले हरिवनमा प्रदर्शन गरी कोण सभा गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis