Incident Reports

बलात्कारपछि हत्या गरेको आरोपमा गिरफ्तार

2015-11-15

Karnali, Surkhet, Simta

 १० वर्षीया एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा कल्याण गाविस-१ का ३२ वर्षीय पूर्णबहादुर ठाडालाई प्रहरीले मङ्सिर ३ गते छिन्चुबाट गिरफ्तार गरेको छ । घरायसी सामान लिन घरबाट पसलतर्फ गएकी बालिका घरदेखि करिव एक किलोमिटर टाढा जङ्गलको खोल्सामा कात्तिक ३० गते मृत अवस्थामा भेटिएकी थिइन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय छिन्चुमा मङ्सिर १ गते उजुरी दिएका थिए । मृतकको शव कात्तिक ३० गते क्षेत्रीय अस्पताल सुर्खेतमा पोष्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज भरतकुमार चौधरीले जनाए । मृत अवस्थामा रहेकी बालिकाको शरीरमा घाऊ भएकाले हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । आरोपितका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्स्पेक्टर भरतकुमार चौधरीले जानकारी दिए । दुर्गा थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments