Incident Reports

भरुवा बन्दुकसहित एकजना पक्राउ

2015-11-22

Province 1, Dhankuta, Pakhribas

अबैध भरुवा बन्दुकसहित धनकुटा पाख्रीबास नगरपालिका-६ कसेनी निवासी ३८ वर्षका बद्रिबहादुर राईलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घरमा बन्दुक लुकाई राखेको सुराकीको आधारमा खोजतलास गर्दा अबैध बन्दुक फेला परेको प्रहरी उपरीक्षक विभुतिराज पाण्डेले बताउनुभयो । हतियारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभएको छ ।
National/Online Media

0 Comments