Incident Reports

झापा, मोरङ, सुनसरी टुक्राउन नदिन खबरदारी जुलुस

2015-11-24

मधेसी दलका माग सम्बोधन गर्न सीमांकनमा हेरफेर गरी झापा, मोरङ र सुनसरी टुक्राउन खोजिएको भन्दै झापाको विर्तामोडमा वृहत खबरदारी जुलुस निकालिएको छ । राजनीतिक दल, नागरिक समाज, संघ संस्था र व्यवस्थापिक संसद्का सदस्यहरुसहित करिब ४ हजार जना सहभागी जुलुसले १ नम्बर प्रदेशबाट तीन जिल्ला टुक्राउन खोजे जस्तोसुकै मूल्य चुकाउन चेतावनी दिएका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रेका सहभागीहरुले झापा, मोरङ र सुनसरीलाई कुनै पनि हालतमा १ नम्बर प्रदेशबाट टुक्राउन नदिने बताएका छन् । खबरदारी जुलुसमा सांसद्हरु मनकुमार गौतम, रविन कोइराला, सुधीरकुमार शिवाकोटी र हरि राजवंशी पनि सहभागी थिए । त्यसैगरी सोमबारै तीन जिल्ला टुक्राउ नदिन मोरङको पूर्वी उर्लाबारी बजारमा पनि खबरदारी जुलुस निकालिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 4000
Actor 1 - Affiliations Citizen/Individuals , CSO/NGO , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis