Incident Reports

कालोबजारीमा आठवटा पम्पका सञ्चालक पक्राउ

2015-11-24

Bagmati, Kathmandu, Kathmandu

पेट्रोलपम्पमा बढी परिमाण इन्धन देखाउने उपकरण जडान गरी उपभोक्तालाई झुक्याएर कालोबजारी गरेको आरोपमा प्रहरीले आठ पेट्रोल पम्पका सञ्चालकसहित १६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई ठगीमा मुद्दा चलाउने प्रयोजनका लागि अनुसन्धान गर्न अदालतले सोमबार सात दिनसम्म थुनामा राख्न अनुमतिसमेत दिएको छ ।राजधानीका अधिकांश पेट्रोल पम्पले कम परिमाण निस्कने तर बढी परिमाण देखिने उपकरण जडान गर्दै उपभोक्तालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले पम्प सञ्चालक एवं सम्बद्ध व्यक्तिलाई पक्राउ गरेको हो । अनुगमनका आधारमा उपभोक्तालाई रकमअनुरूपको पूरै पेट्रोल डिजेल नदिई लुकाउने गरेको भेटिएपछि प्रहरीले काठमाडौं, ललितपुर र काठमाडौंका पेट्रोल पम्पमा शुक्रबार र शनिबार छापा मारेको थियो । उपभोक्ताको गुनासोका आधारमा उपभोक्ता हित संरक्षण मञ्चले पेट्रोलपम्प सञ्चालकविरुद्ध यही मंसिर ४ गते महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले युनिक फ्युल सेन्टर बालकुमारीका सञ्चालक कान्छा महर्जन, राजधानी पेट्रोल सुकेधाराका वासुदेव आचार्य, किस्टल फ्युल बालाजुका कल्याण खड्का, भक्तपुर फ्युल सेन्टरका पुनराम दाक्ष, न्यु बगलामुखी आयल स्टोर्स सानो भर्‍याङका सीताराम घिमिरे, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स सातदोबाटोका शिवराम तिमल्सेना, गायत्रीदेवी आयल स्टोर्स एकान्तकुनाका शैलेन्द्र रामबादे, त्रिशूल आयल सानेपा र दिव्य आयल वसुन्धाराका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पम्प सञ्चालकसँंग ठगीमा मिलेमतोको आरोपमा बागमती डिलर्स एसोसिएसनका सचिव हेमविक्रम बराललाई पनि पक्राउ गरी थुनामा राखेको छ । यस्तै पम्पमा पेट्रोलको कृत्रिम परिमाण देखाउने उपकरण जडान गर्ने कार्यमा संलग्न अबरु आलम र हमिद हसनलाई पक्राउ गरी छानबिन अघि बढाइएको छ । ‘मञ्चले आफैं अनुगमन गर्दा पनि काठमाडौं, ललितपुर र भक्तपुरका पेट्रोल पम्पमा पेट्रोल मापन गर्ने उपकरण बिगारी कम परिमाण निस्कने डिभाइस राखेर उपभोक्तामाथि ठगी गरेको पाइयो,’ मञ्चका सचिव विष्णुप्रसाद तिमिल्सेनाले अन्नपूर्णसँंग भने, ‘कम परिमाण निस्कने तर बढी परिमाण निस्केको देखिने उपकरणको प्रयोग गरी दिनुपर्ने पेट्रोल नदिएर उपभोक्तालाई कम दिने गरेको देखियो ।’ ठगी गरेर पम्प सञ्चालकले दैनिक लाखौं रुपैयाँ लाभ लिएको दाबी उजुरीमा छ । तिमिल्सेनाका अनुसार ठगी कार्यमा पेट्रोलियम डिलर्स एसेसिएसनका पदाधिकारी र नियमन गर्ने आयल निगमका कर्मचारीसमेत संलग्न छन् । त्यस्ता पम्पमा अनुगमन नहुने तर निगमले बढी मात्रामा पेट्रोल वितरण गर्न दिने गरेको भेटिएको छ ।काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार धु्रव उप्रेतीले काठमाडौंबाट पक्राउ परेका पम्प सञ्चालकलाई थुनामा राख्न प्रहरीलाई पाँच दिन म्याद दिइएको जानकारी दिए । मञ्चले बजारमा प्रति लिटर एक सय ३५ रुपैयाँ पर्ने खाने तेललाई तीन सय रुपैयाँ प्रिन्ट गरी बिक्री गरिएको, ग्यास, दाल, चिनी र चामलमा पनि कृत्रिम मूल्य कायम गरी कालो बजारी गरिएकाले छानबिन गर्न माग राखेर अर्को उजुरी पनि दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 16
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments