Incident Reports

हवाइ इन्धन बोकेको ट्याङ्कर प्रहरी नियन्त्रणमा

2015-11-24

Bagmati, Chitawan, Bharatpur

चितवन प्रहरीले हवाइ इन्धन बोकेको ट्याङ्करसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। ना ३ ख ४३६५ नम्बरको ट्याङ्करले नेपालगञ्जबाट हवाइ इनधन बोकेर काठमाडौं सिनामंगल जानु पर्नेमा नारायणगढमै बिक्री गर्न लागेको अवस्थामा प्रहरीले समाएको हो। घटना बारेमा अध्यन भइरहेकाले विस्तृत विवरण अहिले नै सार्वजनिक नगर्ने चितवन प्रहरीका प्रवक्ता डिएसपी राजन अधिकारीले बताए। प्रहरी स्रोतका अनुसार तारपिन तेल बनाउने काममा प्रयोग गर्नका लागि नारायणगढमै अवैध रुपले बेच्न खोजेका बेलामा टयाङ्कर नियन्त्रणमा लिइएको हो। इन्धन ट्याङ्करसहित नगद ५० हजार रुपैयाँ पनि बरामद भएको प्रहरी स्रोतले जानकारी दियो । कागजपत्र र चलानी हेरेर सत्य तथ्य सार्वजनिक गर्ने डिएसपी अधिकारीले बताए । ट्याङ्कर चालक सोमलाल ब्लोनसहित विनोद अवस्थी र अन्य एकजना हाल प्रहरी नियन्त्रणमा छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments