Incident Reports

भारदह, रुपनी र राजविराजमा निषेधित क्षेत्र घोषणा

2015-11-25

Madhes, Saptari, Rajbiraj

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । गत शनिबार राति राजमार्ग खुलाउने क्रममा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा डढा गाविस–९ का १८ वर्षीय वीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस–४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएको थियो । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments