Incident Reports

मोर्चा कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी

2015-11-25

Ajay Kumar Sah आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मङ्सिर ८ गते महोत्तरीको श्रीपुरमा एक मोटरसाइकलमा आगजनी गरेका छन् । भारतीय बजार सम्सी कन्माबाट एक सिलिण्डर ग्यास र १५ लिटर पेट्रोल लिएर आउँदै गरेको ज १ प १७०६ नम्बरको मोटरसाइकललाई श्रीपुरमा सडक खण्डमा जम्मा भएका मोर्चाका नेता कार्यकर्ताले ग्यास र पेट्रोल नियन्त्रणमा लिइ मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त भएको र आगजनी सम्बन्धमा छानबिन भइरहेको प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए । अजयकुमार साह

0 Comments

Related Trend Analysis