Incident Reports

अनियमितता गरेकाे भन्दै आयल निगमकै पम्पमा सिलबन्दी

2015-11-26

Lumbini, Rupandehi, Tillotama, Ward 7

 सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीअन्तर्गतको खुद्रा बिक्री केन्द्र (पेट्रोल पम्प) अञ्चलपुर भैरहवालाई स्थानीय अनुगमन समितिले सिलबन्दी गरिदिएको छ। वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापतौल तथा गुणस्तर कार्यालय, प्रहरी र सञ्चारकर्मीसहितको टोलीले सुरु गरेको अनुगमनका क्रममा सरकारी पेट्रोल पम्पमा नै अनियमितता भएको पाइएपछि पम्पमा सिल लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए। अनुगमनमा खटिएको टोलीले पम्पमा जाँच गर्दा पम्पमा डबल नोजल प्रयोग गरिएको पाइएपछि आफूले पम्पमा सिल गर्न आदेश दिएको प्रजिअ ढकालले जानकारी दिए। उनका अनुसार आयल निगमकै पम्पबाट तेलको परिमाण पूरा नपुग्ने गरी आमउपभोक्तालाई ठगिरहेको पाइएको हुँदा पम्पमा सिल लगाएर थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अनुगमन टोलीले भैरहवाका अन्य स्थानमा पनि अनुगमन जारी राखेको छ । 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments