Incident Reports

सप्तरीको भारदहमा बस पल्टिँदा दुईको मृत्यु, ९ जना घाइते

2015-11-27

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 2

सप्तरीको भारदहस्थित कंकालनी मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। मृत्यु हनेमा धनुषा तुल्सिपुर-७ की ९ वर्षीया निर्जला बस्नेत रहेक इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। अर्का एक ब्यक्तिको सनाखत हुन सकेको छैन। उनको साथबाट भने जीवन कुमार नामको एटिएम कार्ड भेटिएको प्रहरीले जनाएको छ। सिन्धुलीबाट काँकटभिट्टा हिँडेको ना५ख १६६४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ आज बिहान ८ बजे पल्टिएको थियो। घाइते सबैको उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।

0 Comments