Incident Reports

अज्ञात समूहद्वारा स्कुलमा पेट्रोल बम प्रहार

2015-11-28

Madhes, Mahottari, Sonama, Ward 5

अज्ञात व्यक्तिहरुको समूहले सोनामाई-२ स्थित एसएम ग्यालेक्सी बोर्डिङ स्कुलमा पेट्रोल बम प्रहार गरी आगजनी गरेको छ। शुक्रबार साँझ ७ बजे विद्यालयमा कोही नभएको मौका छोपी आधा दर्जनको समूहमा आएका ती समूहले स्कुलमा पेट्रोल बम हानेको स्थानीयले बताएका छन्। बम प्रहारबाट प्रिन्सपल बस्ने कोठामा आगजनी भइ क्षति भएको छ। जलेश्वर बर्दिवास सडक खण्डअन्तर्गत सोनामाई-२ मा अवस्थित उक्त स्कुलको पछाडिबाट झयाल खोलेर पेट्रोल बम प्रहार गरेको स्कूलका सञ्चालक श्याम यादवले बताएका छन्। आगजनीबाट कार्यालयभित्र रहेको फर्निचर र आवश्यक कागजात पूर्णरुपमा जलेर नस्ट भएको यादवले बताए। साँझको समय स्कुल सुनसान रहेको र अँध्यारोसमेत भइसकेको अवस्थामा आगजनी गरिएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ। स्कुलका प्रिन्सपलसमेत रहेका यादवले यसअघि पनि आफ्नो स्कुलमा एक समूहले छठ अगाडि क्षति पुर्यारएको बताए। सोही समूहले नै बन्द हड्तालको नाममा आफनो स्कुलमा आगजनी गरेको हुनसक्ने उनको अनुमान छ। मधेसी मोर्चाले भने यसको जिम्मेवारी लिन मानेनन्। मोर्चाले बिहानीको समयमा स्कुल सञ्चालन गर्न बाधा नपुर्याुउने निर्णय गरिसकेको भन्दै यो घटनामा आफूहरुको संलग्नता नरहेको बताएको छ। घटनाको छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी विनोद सिलवालले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments