Incident Reports

बर्दियामा बम भेटियो , सेनाले निस्क्रिय पार्दै

2015-11-29

Lumbini, Bardiya, Gulariya

बर्दियाको गुलरिया नगरपालिका तुलापुरमा खेतमा बम भेटिएको छ । खेतमा खेल्दै गरेका बालकले बम फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निस्क्रिय पार्न घटनास्थल पुगेको नेपाली सेनाको टोलीले उक्त बम प्लाष्टिक ग्रिनेड भएको बताएको छ । बम निस्क्रिय पार्न सेनाको रुद्रध्वज गणबाट टोली घटनास्थल पुगेको हो । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बम कसले र कुन प्रयोजनको लागि राखेको हो भन्ने अनुसन्धान भइरहेको बताए ।

0 Comments