Incident Reports

नापी कार्यालयमा अख्तियारको छापा

2015-11-29

Bagmati, Kathmandu, Ward 9

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैजुस्थित नापी कार्यालयमा छापा मारेको छ । अख्तियार टोलीले ५० हजार रुपैयाँ घूससहित सर्बेयर रामप्रमोदकुमार महासेठलाई नियन्त्रणमा लिएको छ । मनमैजु– ८ ‘घ’ को ७१३ कित्तामा रहेको सिरबहादुर श्रेष्ठको घर हाल साबिक गरिदिन महासेठले घूस मागेका थिए । १४ दिन धाउँदा पनि काम नभएपछि सिरबहादुरले घूस दिने प्रस्ताव गरेका थिए । उनलाई महासेठले काम बनाइदिने भन्दै ७५ हजार घूस मागेका थिए । ‘तर हामीले ५० हजार घूस दिने भन्यौं,’ श्रेष्ठका छोरा बोधराजले भने, ‘घूस दिने निष्कर्षमा पुगेपछि अख्तियारलाई खबर गरेका थियौं ।’ दोलखा सिंगटीका श्रेष्ठ हाल साबिकको लागि कात्तिक ३१ देखि धाउँदा पनि काम नभएपछि अख्तियारलाई जानकारी गराएर घूस दिने निधोमा पुगेका थिए । अख्तियार टोलीले निमित्त कार्यालय प्रमुख सर्लाही सलेमपुर १ का ३८ विजयकृुमार यादवमाथि पनि छानबिन गरिरहेको छ ।

0 Comments