Incident Reports

विराटनगरमा मधेसी मोर्चाको शक्ति प्रदर्शन

2015-11-30

Province 1, Morang, Biratnagar

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आइतबार विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । पहिचानवादी अन्य दल र संगठन समेतलाई राखी मोर्चाले आयोजना गरेको जनप्रर्दशन र सभामा जिल्लाका ग्रामिण क्षेत्रवाट ठूलो संख्यामा सर्वसाधारण विराटनगरमा भेला भएका थिए । प्रर्दशनपछि स्थानिय महाबीर चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले मधेसीलाई अधिकारविहीन वनाएर राष्ट्रिय एकता कायम रहन नसक्ने बताए । एकल जातीय शासन चलाएर कुनैपनि हालतमा राष्ट्रिय एकता कायम रहन नसक्ने बताउँदै यादवले सबैलाई समान अधिकार दिइए मात्र राष्ट्रिय एकता मजबुत हुने बताए । उनले आफूहरू राष्ट्रिय एकताका पक्षधर रहेपनि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरू देश बिखण्डन गर्ने पक्षमा षड्यन्त्र गरिरहेको आरोप लगाए । यादवले अहिलेसम्म बनेका सातवटै संविधानले मधेसीलाई उपेक्षा गरेको आरोप लगाए । कार्यक्रममा सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलन कुनै समुदायप्रति लक्षित नभई अधिकारका लागि भएको दोहोर्‍याए । उनले आफूहरूले नाकाबन्दी गर्दा मानवअधिकार र मानवीयता खोज्नेहरूले मधेसीको टाउको र छातिमा गोली हानिँदा मानव अधिकार नदेखेको आरोप लगाए । उतेजक र ब्यङ्यात्मक शैलीमा भाषण गरेका महतोले राज्य अहिले बेइमान र कुर्कमी भएको आरोप लगाए । उनले कुमाउ, गढवाल, आसामबाट आएर जंगल फँडानी गरि बसेकाहरूले अहिले मधेसी जनतालाई अधिकार दिन नचाहेको आरोप लगाए । तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अधिकारविहीन संघीयता अब नचाहिने बताउँदै आन्दोलन वापारको भएको बताए । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सबेन्द्रनाथ शुक्लाले सेना परिचालनको धम्की दिएर मधेस आन्दोलन दवाउन नसकिने बताए । कार्यक्रममा संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष कुमार लिङदेनले मधेसीमाथि गोली ठोकेर शासकवर्गले राक्षसी ब्यबहार देखाएको आरोप लगाए । उनले इटहरीमा सभा बिथोल्नेहरूलाई कडा मुल्य चुकाउनुपर्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis