Incident Reports

पेट्रोल तस्करी गरेको भन्दै युवकलाई आगो लगाइयो

2015-12-02

Lumbini, Nawalparasi West, Palhi Nandan

मधेसी मोर्चाका कार्यकर्ताले सनई-९ पडरीमा एक युवकको शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन् । तेल तस्करी गरेको भन्दै रुपन्देही गाविस फर्साटिकर घर भएका ३० वर्षीय घिराउ यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले आगो लगाइ घाइते बनाएका हुन् । घाइते भएका यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ । घाइते यादवको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मोहम्मद नुरुल होदाले जनाए । जिल्लाको सनई-९ पडरीमा आफ्नो फुपुको घरबाट मोटरसाइकलमा फर्कने बेला पेट्रोल लगेको भन्दै मोर्चाका कार्यकर्ताले यादवको शरिरमा पेट्रोल छर्कि आगो लगाएको उनकी फुपु विन्द्रावतीले बताइन् । यादव राति फुपुको घरमा बसेको र बिहान घर फर्किरहेका थिए । उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो लगाउने समुहका दुई जना पक्राउ परेका स्थानीयले जनाएका छन् । पक्राउ मध्ये एक जना स्थानीय राजेश सैथवार रहेको र अर्कोको नाम नखुलेको प्रहरीले जनाएको छ । आगो लगाउने समूहको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक उपाध्यायको भनाइ छ । मोर्चाको आन्दोलनको नाममा जिल्लामा अपराधीक गतिविधि बढ्दै गएको छ । यता सो घटना मोर्चाका कार्यकर्ताले नगरी तस्करी गर्ने समूहकै भएको फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष रविन्द्र यादवले बताए । मोर्चाका कार्यकर्ता भन्दा तस्करको गिरोहहरुले नै आन्तरिक दुस्मनीले त्यस्तो गरेको हुन सक्ने जिकिर उनले गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity MJF
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis