Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-12-06

Karnali, Surkhet, Birendranagar, Ward 10

 १८ वर्षीया एक युवतीलाई मङ्सिर २० गते सामूहिक बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा-१४ का ३० वर्षीय टोपबहादुर गुरुङ, सोही ठाउँका ३१ वर्षीय विनोद जिसी र ३१ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ । घर पुर्‍याइदिन्छु भन्दै आरोपितहरूले बलजफ्ती मोटरसाइकलमा युवतीलाई काँक्रेबिहारको जङ्गलमा पुर्‍याई सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित शेरबहादुरलाई मङ्सिर २० गते र आरोपित विनोद र टोपबहादुरलाई मङ्सिर २१ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता बहादुरजङ्ग मल्लले जनाए । आरोपित तीन जनालाई मङ्सिर २१ गते जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको मल्लले बताए । दुर्गा थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments