Incident Reports

२२ वटा भरि ग्यास सिलिण्डर लुकाउने व्यापारी पक्राउ

2015-12-11

Bagmati, Kathmandu, Kathmandu, Ward 31

एभरेष्ट र सुगम कम्पनीको ग्यास लुकाई राखेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-३४ नयाँबानेश्वर बलभद्र मार्ग स्थित राजु एण्ड दाजु ग्याँस स्टोरको सञ्चालक नुवाकोट, चारघरे-४ का राजकुमार भट्टलाई प्रहरीले २२ वटा ग्यास सिलिण्डर सहित पक्राउ गरेको छ । भट्टले डेरा कोठामा विभिन्न ग्यास लुकाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वर र वाणिज्य विभागको संयुक्त टोलीले विहिबार कोठा छापा मार्दा एउटा एभरेष्ट कम्पनीको भरी ग्यास सिलिण्डर र २१ थान सुगम कम्पनीका आधा सिलिण्डर लुकाई राखेको अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments