Incident Reports

रौतहटमा बिद्यार्थीको मानव साङ्लो

2015-12-12

Madhes, Rautahat, Gaur, Ward 2

संयुक्त मधेशी मोर्चाले शुक्रबार जिल्ला सदरमुकाम गौरबाट उत्तरी भेगको मोथियाही पुलसम्मका बिद्यालयका बिद्यार्थीलाई सडकमा उतारेर मानव साङ्लो प्रदर्शन गरेको छ । मोर्चाले हरसाह चोकदेखि दक्षिण र थारुहट सघर्ष समितिले हरसार चोकदेखि उत्तरीक्षेत्रमा प्रदर्शन गरेका हुन् । पढ्ने अधिकार र मोर्चाको माग सम्बोधन गर्नु पर्ने प्लेकार्ड बोकेका बिद्यार्थीहरु सडकमा मानव साङ्लो बनाई बसेका थिए । मोर्चा र थारुहटको मानव साङ्लो कार्यक्रमले चन्द्रनिगाहपुरका अधिकांश बिद्यालयहरु निर्धारित समय अगावै छुट्टी दिएकाले यताका बिद्यार्थी सहभागी भएनन् । त्यसैले गौर–चन्द्रनिगाहपुर सडक खण्डमा प्रदर्शन गरेको बिद्यार्थीको मानव साङ्लो मोथियाहीदेखि सन्तपुर र बसन्तपुरदेखि डुमरियाबीचको भाग खाली रह्यो । डुमरिया बजारमा सबैभन्दा बढि बिद्यार्थी सहभागी दिए । प्रदर्शनमा सानासाना बालकलाई समेत शिक्षकले सडकमा राखेका थिए । थारु सघर्ष समितिका अगुवा नेता रामाश्रय चौधरीले बिद्यार्थीको मावन साङ्लो प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको बताए । प्रदर्शनको क्रममा डुमरिया बजार जाने बाटोमा थारु युवाहरु बसेर मोटरसाईकल यात्रुलाई रोकेका थिए । उनीहरुले संचारकर्मीलाई समेत जान रोक लगाएका थिए । संघीयता, सिमाकंन र संविधानको बिरोधमा चर्केको आन्दोलन ४ महिना पुगेपछि पहिलोपटक मोर्चा र थारुहटले गौर राजमार्गमा बिद्यार्थी उतारेर मानव साङ्लो प्रदर्शन गरेको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis