Incident Reports

पत्नीलाई कुटपिट गरी घाइते बनाएर घरनिकाला

2015-12-10

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

साँगाचोक गाविस-९ पोखरेकी २८ वर्षीया रीता गिरीलाई मङ्सिर २४ गते बेलुका पति २९ वर्षीय राजाराम गिरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । पीडितको चौतारा अस्पतालमा उपचार भइरहेको छ । पीडितले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिन् । पीडितको मङ्सिर २५ गते चौतारा अस्पतालमा घाउजाँच गरेर उपचारसमेत गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए । इन्स्पेक्टर बस्नेतकाअनुसार आरोपितलाई गिरफ्तार गर्न घटनास्थलमा प्रहरी पठाइएको छ । आरोपितले पत्नीको टाउको, ढाडलगायत शरीरको पछाडि पट्टिको भागमा दाउराको चिरपटले प्रहार गरी गम्भीर चोट लगाएको पीडितले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments