Incident Reports

सुनौली-बेलहिया नाकामा अवरोध गर्ने मधेसी मोर्चाका दुई जना नेता गिरफ्तार

2015-12-15

Lumbini, Rupandehi, Siddharthanagar

झण्डै चार महिनादेखि सीमा नाका केन्द्रित आन्दोलन गर्दै आएका मधेशी मोर्चाका केही नेताले फेरि सीमा नाकामा अवरोध गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ । मधेशी मोर्चाको सीमा नाका केन्द्रित आन्दोलनका कारण अबरुद्ध आपूर्ति व्यवस्था सहज हुन नसक्दा यस क्षेत्रको जनजीवन कष्टकर भएको छ । यसैक्रममा सुनौली-बेलहियास्थित नेपाल-भारत सीमा नाकामा अवरोध गर्न खोज्ने सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । मधेशी मोर्चाका केही कार्यकर्तासहित दशगजा क्षेत्रमा गएर अवरोध गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सीमा नाका अवरोध गर्न पुगेको नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि अन्य कार्यकर्ता त्यहाँबाट भागेका थिए। अरु बेलामा दैनिक ४ सयसम्म गाडी भित्रिँदै आएकामा मधेशी मोर्चाको आन्दोलन सुरु भएयता दैनिक एक सयको हाराहारीमा र कुनै कुनै दिन त्यो भन्दा पनि थोरै सङ्ख्यामा गाडी नेपाल भित्रिने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis