Incident Reports

मोर्चाको घोषणा–अब मधेसमै वार्ता, अान्दोलन थप कडा

2015-12-18

' संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब सरकारसंग राजधानी काठमाडाैंमा वार्ता नहुने भन्दै ११ दिने चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अबका वार्ता मधेसमा हुने मोर्चाले स्पष्ट पारेको छ। शुक्रबार राजधानीस्थित तमलोपाको पार्टी कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा मोर्चाले पुस ५ देखि १५ गतेसम्मका थप आन्दोलनका कार्यक्रम समेत सार्बजनिक गरेको छ। संविधान जलाउने, मसाल जुलुस गर्ने, जिल्लामा सभाहरू गर्ने, लाठी जुलुस गर्ने लगायतका अान्दोलनका कार्यक्रम मोर्चाले सार्बजनिक गरेको छ। मधेसमा हुने सरकारी तहका सबै गतिबिधि र कार्यक्रममा रोक लगाउने पनि मोर्चाको अान्दोलन रहेको छ। मन्त्री, सरकारका प्रतिनिधि र सांसदहरुलाई मधेसमा प्रवेश रोक लगाउने र प्रतिरोध गर्ने मोर्चाले घोषणा गरेको छ। पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अहिलेसम्म १५ चरणका वार्तामा सरकार गम्भीर नभएको अारोप लगाए। ‘हामी लचकताका साथ वार्तामा बस्याैं, तर सरकार गम्भीर भएन,’ ठाकुरले भने ‘अबका वार्ता राजधानीमा हुँदैन, मधेसमा हुन्छ।’ उनले मोर्चाका सबै नेताहरू अब मधेसमा केन्द्रित भएर अान्दोलन चर्काउने बताए। उनले संसदमा प्रस्तुत संसोधन विधयक षड्यन्त्रकारी रहेको भन्दै त्यसमा सहमति नहुने स्पष्ट पारे।

0 Comments

Related Trend Analysis