Incident Reports

गौरमा कर्फ्यु अादेश जारी गौरमा कर्फ्यु अादेश जारी

2015-12-20

Madhes, Rautahat, Ward 2

रौतहट सदरमुकाम गौर क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ। मधेसी मोर्चाको आन्दोलन बिहानैदेखि तनाबग्रस्त बनेको गौरमा प्रहरीमाथि ढुंगामुढा र शिशीमा पेट्रोल भरेर प्रहरीमाथि प्रहार गर्ने क्रम नरोकिएपछि प्रशासनले ४ बजेदेखि कफ्र्यु आदेश जारी गरेको हो। प्रहरी उपरीक्षक गणेश रेग्मीले ढुंगामुढा र शिशीमा पेट्रोल भरेर प्रहरीमाथि प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु लगाएको बताए। कफ्र्यु समय सुरु हुनुभन्दा अगाडि नै घर फर्किन प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई आग्रह गरिरहेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म तीन दर्जन सेल अश्रुग्यास र १२ राउन्ड गोली चलाएको छ। यस क्रममा एक जना आन्दोलनकारीको प्रहरीको गोली लागी मृत्यु भएको छ। मोर्चाका कार्यकर्ता वीपी चोक प्रदर्शन गरिरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments