Incident Reports

रौतहटका ग्रामीण क्षेत्रका प्रहरी चौकीमा तोडफोड र आगजनी, गौरमा कर्फ्यु

2015-12-21

Madhes, Rautahat, Katahariya

सदरमुकाम गौरमा आइतबार झडपमा प्रहरीको गोली लागी बिद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्कुले बिद्यार्थीले आज (सोमबार) बिहान ग्रामीण भेगको ३ प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका छन् । सदरमुकाम गौरमा पनि बिहानैदेखी चोक–चोकमा टायर बालेर प्रदर्शन भएपछि १० बजेसम्मका लागि हटाइएको कर्फ्यु १०:३० देखि अनिश्चितकालका लागि फेरि जारी गरिएको छ । आइतबार गौरस्थित बीपी चोकनजिक प्रहरीको गोली लागी तेजापाकड गाबिस–१ का शेख तबरेजको मृत्यु भएको थियो । आक्रोशित बिद्यार्थी समूहले इलाका प्रहरी कार्यालय कटहरियाको कम्पाउण्ड बाल फोरेका छन् । उनीहरु कार्यालय भित्र प्रवेश गर्न लाग्दा प्रहरीले रोकेको थियो । त्यसपछि मुख्यगेटमा नाराबाजी गर्दै टायर बालेर उनीहरु फर्किएका थिए । हातमा लाठी बोकेका बिद्यार्थीले प्रहरी कार्यालयको बोर्डसमेत निकालेर फालिदिएका छन् । सदरमुकाम गौरबाट १९ किलोमिटर पश्चिम भारतीय सीमा नजिकैको बन्कुल प्रहरी चौकीमा पनि प्रदर्शनकारीले आक्रमणको प्रयास गरेका छन् । उक्त चौकीको प्रतिक्षालयमा बिद्यार्थी समुहले आगजनी गरेका छन् । जिल्ला प्रहरीका डिएसपी राजेन्द्र पोख्रेलले बिहानदेखी बिद्यार्थीहरु उत्तेजित बनेको बताए । आगजनीबाट चौकीको फर्निचर र एक सबारी साधन जलेको छ । गौरस्थित जुद्धमाविका कक्षा १० का विद्यार्थी तबरेजको मृत्युपछि जिल्लाका सबै विद्यालय बन्दको आह्वान गरिएको छ । स्नातकको परिक्षालाई मध्यनजर राख्दै अनिश्चितकालको कफ्र्यू आज बिहान १० बजे सम्म हटाइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Curfew/prohibitory order issues by the state
Weapons Fire , Other
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total damaged Buildings 3
National/Online Media

0 Comments