Incident Reports

भारतमा नेपाली युवतीको बलात्कारपछि हत्या गर्ने ७ जनालाई मृत्युदण्ड

2015-12-22

मानसिक रुपमा अस्वस्थ एक नेपाली महिलाको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा भारतको एक अदालतले सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । भारत हरियाणाको रोहतक जिल्लाको अदालतले मानसिक रुपले अस्वस्थ २८ वर्षकी नेपाली महिलाको सामूहिक बलात्कार गरी हत्या गर्ने सात जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । अदालतले यसलाई गम्भीर अपराध भनेको छ । गएको फेब्रुअरी १ मा रोहतक जिल्लाको गड्डी खेरा गाउँमा दिदी भिनाजुको साथमा बस्दै आएकी पीडित नेपाली महिला घरबाट हराएकी थिइन । ती महिलाको शव चार दिनपछि रोहतक जिल्लाकै बहु अकबर गाउँमा क्षतविक्षत अवस्थामा फेला परेको थियो । मानिस रोगको उपचारका लागि बर्दियाको राजापुरबाट भारत गएकी सुनार थरकी ती महिलाको बलात्कारपछि हत्या भएको हो । अदालतले नेपाली युवा सन्तोषसहित भारतीय युवाहरु गुचाडु भनिने राजेश, शीला भनिने सुनिल, बिल्लु भनिने सरवर, मनबरी, माधा भनिने सुनिल, पवन र पदम भनिने प्रमोदलाई मृत्युदण्डको सजाय सुनाएको हो । प्रहरीले यी सबैलाई गएको फेब्रुअरी ९ मा पक्राउ गरेको थियो । दोषीले रक्सीको नशामा आफूहरुले अपराध गरेको स्वीकार गरेका छन् । अदालत अभियुक्तमाथि जनही एक लाख ७५ हजार रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ । बलात्कारपछि दोषी युवाले महिलाको ढुंगाले हानेर हत्या गरेका थिए । यो घटनाको आठौं अपराधी २२ वर्षका सोमबीरले केही महिना अघि दिल्लीको बवाना क्षेत्रमा आत्महत्या गरेका थिए । अभियुक्त विरुद्ध सेप्टेम्बर ७ मा फास्ट ट्रयाक अदालतमा मुद्दा दायर भएको थियो । सुनवाइको क्रममा ५७ जना प्रत्यदर्शिको बयान लिइएको थियो । १८ डिसेम्बर अर्थात पुस ३ गते अदालतले सात अभियुक्तलाई दोषी ठहर गरेको थियो । पीडितको पोस्टमार्टम रिर्पोट गर्ने डाक्टरले पनि पीडित महिलामाथि अमानवीय व्यवहार भएको बताएका थिए । सामूहीक बलात्कार पछि पीडित महिलाको हत्या गर्नु अघि शारीरिक यातना दिइएको थियो । पीडित महिलाको टाउको, छाती तथा यौनआंगमा चोट लागेको थियो । अदालतले यो फैसलामा चित्त नबुझे दोषीले उच्च न्यालयमा अपिल गर्न सक्ने जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Blunt weapon
Primary Cause Rape/sexual assault
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments