Incident Reports

रौतहटमा तेस्रो दिन पनि कर्फ्यू

2015-12-22

स्थानीय प्रशासनले तेस्रो दिन पनि सदरमुकाम गौरमा कर्फ्यू आदेश जारी गरेको छ। सर्वसाधारणका लागि बिहान ११ बजेसम्म कर्फ्यु हटाइए पनि पुनः राति दस बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो। हिंसात्मक प्रदर्शनका कारण कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रमुख अधिकारी नरहरि बरालले जानकारी दिए। 'सर्वसाधारणले अति आवश्यक खानेकुरा किनमेल गर्न एवं स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन होस् भन्ने उद्देश्यले चार घन्टा कर्फ्यू हटाइएको थियो', रौतहटका प्रमुख जिल्ला अधिकारी बरालले भने, 'आन्दोलन हिंसात्मक हुन नदिन अहिले फेरि कर्फ्यू लगाइएको छ।' मधेसी मोर्चाको प्रदर्शनका कारण रौतहट सदरमुकाम चौथो दिन पनि सामान्य बन्न सकेको छैन। आइतबार टभरेज आलमको मृत्यु भएपछि स्थानीय प्रशासनले गौरमा कर्फ्यू लगाउँदै आएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments