Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-12-13

Madhes, Saptari, Bode Barsain, Ward 2

Manohar Kumar Pokharel १८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फुलकाही गाविस-१ प्रितमपुरका २० वर्षीय दीपेन्द्रकुमार यादवलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालयमा पुस ७ गते दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको हो । दिदी-भिनाजुको घरमा बसकी पीडितलाई आरोपितले मङ्सिर २७ गते फुलकाही गाविस-१ प्रितमपुरस्थित रामविलास यादवको दालबारीमा पुर्‍याई बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् । घटनालगत्तै पीडितले इलाका प्रहरी कार्यालय बोदेबर्सामा उजुरी गरेकोमा प्रहरीले आवश्यक कानुनी कारबाही प्रकृया अगाडि नबढाएपछि परिवारका सदस्यका साथ पीडित पुस ७ गते जिल्ला प्रहरी कार्यालय आएको बताइन् । पीडितको स्वास्थ्य परीक्षण हुन सकेको छैन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments