Incident Reports

किशोरीलाई एसिड हान्ने जीवनलाई दश वर्ष जेल

2015-12-22

Bagmati, Kathmandu, Kathmandu

” वसन्तपुरमा तीन किशोरीमाथि एसिड हान्ने युवालाई काठमाडौं जिल्ला अदालतले १० वर्ष जेल सजायको फैसला गरेको छ । ज्यान मार्ने उद्योग अन्तरगत चलाइएको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजालसले एसिड हान्ने युवा जीवन विकलाई १० वर्ष जेल सजायको फैसला बुधबार गरेको हो । २०७१ फागुन १० गते ट्युसन पढ्न गएका किशोरीहरुमाथि वसन्तपुरमा एसिड हानिँदा संगीता पुलामी गम्भीर घाइते भएकी थिइन् । एसिडले लागेर किशोरीहरु सीमा बस्नेत र हेमु मुखर्जीको शरीरमा सामान्य चोट लागेको थियो । काठमाडौंको टोखामा बस्दै आएका जीवनले संगीतासँगको प्रेममा धोका पाएको रिसमा किशोरीहरुमाथि एसिड हानेका थिए । एसिड हानेपछि काठमाडौं र भारसतसम्म पुगेर लुक्न सफल उनलाई प्रहरीले घटनाको २६ दिनपछि पक्रन सफल भएको थियो । ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएपछि गत वैशाख ३ गतेको काठमाडौं जिल्ला अदालतको आदेशमा उनी जेल चलान भएका थिए । आदेशलगत्तै उनलाई केन्द्रीय कारागारमा चलान गरिएको थियो । जीवनले एसिड हान्दा संगीताको अनुहार बिग्रेको छ । उनको लामो समयसम्म काठमाडौं मेडिकल कलेजमा उपचार भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 3
Youth Injured 3
National/Online Media

0 Comments